बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरतबहादुर शाहको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रम सम्मपन्न भएको हो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले समुदाय प्रहरी साझेदारी समुदायका स्थानीय र प्रहरीबिच एक आपसका कुरा सुन्ने र सुनाउने कार्यक्रम भएकाले यो कार्यक्रम प्रभावकारी हुने बताए । समाज रुपान्तरणका निम्ति प्रहरी समुदायबिच आपसमा सहकार्य गरी सुरक्षित समाज निर्माणका लागी लाग्नुपर्नेमा उनले जाेड दिए । समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध वलियो हुनुपर्नेे प्रमुख जिल्ला अधिकारी कुइकेलले उल्लेख गरे ।
कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रहरी प्रमुख शाहले सुरक्षित समाज निर्माणका निम्ति आगामी दिनहरुमा सरोकारवालाहरु सँग मिलेर समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए । उनले भने, ‘कार्यक्रमलाई अझ प्रभावकारी रूपमा समुदायसँग सहकार्य, गरी, समाजमा अवैध रुपमा रहेको घरेलु मदिरो बिक्री वितरण,छोटो दुरीमा चल्ने यातायातमा मनोमानी रुपमा लिने भाडादर, बजार अनुगमन लगाएत समुदाय सँग प्रत्यक्ष प्रभाव पर्ने कुराहरुमा बढी ध्यान दिनेछाैँ ।’
आफू जिल्लामा आएपछि उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत र गलत गर्ने प्रहरीलाई दण्डीत गरेको बताए । उनले भुकम्प, बाढी, पहिरोलगाएत जिल्लाका हरेक कृयाकलापमा प्रहरी नै अगाडी पुग्ने भएकाले समुदाय स्तरमा ‘प्रहरी मेरो साथी’ प्रभावकारी भएको उनले बताए । समुदायलेसमेत प्रहरीप्रति विश्वास बढाउँदै लगेकाेले अब समाजमा गलत काम गर्नेहरु लुकेर बस्न नसक्ने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष कृष्णबहादुर विष्ट, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, उपप्रमुख रतनबहादुर सिह लगायत सरोकारवालाहरुको उपस्थितित रहेकाे थियाे ।
बझाङ
प्रतिक्रिया