जनकपुरधाम । तराई मधेसका जिल्लाहरूमा धान रोपार्इं सुरु भएको खुसीयालीमा किसानहरूले १५ दिनसम्म घरघरमा मनाउने आद्रा पर्व मनाइएको छ ।
१५ दिनसम्म किसानहरूले घरघरमा खिर, पुरी, आँप तथा जामुन खाएर आद्रा पर्व मनाउने चलन रहेकोमा आधुनिकतासँगै हराउन थालेपछि यसको संरक्षणका लागि तराई मधेस लोकतान्त्रिक पार्टीको महिला संगठनले आद्रा महोत्सव २०८१ जनकपुरधाममा मनाएको हो ।
आद्रा नक्षत्र सुरु भएको १५ दिनसम्म रोपाइँ हुने भएकाले यसको महत्व पनि निक्कै बढी रहेको छ । तर, विगत केही वर्ष यता खेतीप्रति नै जागरूकता नदेखिएका युवाहरूलाई आद्राको विषयमा जानकारी नभएकाले जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको पार्टीका केन्द्रीय अध्यक्ष बृशेषचन्द्र लालले जानकारी दिए ।
प्रतिक्रिया