काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला साबिकको बनेपा नगरपालिका– ६ हाल बनेपा नगरपालिका–८ वाँख्योटोलस्थितमा कार्यालय रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन् ।
बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनेर विश्वासमा पारी पैसा बचत गर्न लगाई जम्मा गरेको सो बचत रकम पैसा पीडित जाहेरवाला तथा निवेदकहरुले फिर्ता माग्न जाँदा समेत रकम फिर्ता नगरेको भन्दै उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कानून बमोजिम ठगी मुद्दामा कारबाही गरी पाउँ भनी ३० जना पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा रु २ करोड ८३ लाख ११ हजार १६४ ठगी मुद्दामा मुद्दा दर्ता गराएका थिए ।
त्यसपछि उनीहरुलाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ । सो सहकारीका ५८ वर्षीय अध्यक्ष शुद्दकार र ४६ वर्षीय कोषाध्यक्ष राजवंशीलाई सोमबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया