सिटी केयर असपतालद्वारा नागरिक सुलभ स्वास्थ अभियान

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित सिटी केयर असपतालले नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेको छ । अस्पतालले ३ हजारभन्दा बढी खर्चमा हुने जाँचहरू ५०० मै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेको हो ।

चिकित्सकद्वरा चेकजाँच, विभिन्न ७ प्रकारका ल्याब टेस्ट, डिजिटल ऐक्स–रे र इसिजी ५०० मा गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेको सिटी केयर अस्पतालका सञ्चालक सुधिर अग्रवालले बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र बर्दीबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्रीले शनिबार राति संयुक्त रूपमा नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेका हुन् ।

उद्घाटपछि शुभकामना दिँदै मुख्यमन्त्री सिंहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसँग आग्रह गरे । अभियानले नागरिक लभान्वित हुने मुख्यमन्त्री सिंहले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया