रौतहट पूर्णखोप सुनिश्चितता घोषणा

मधेस ब्युरो । रौतहट जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । गरुडामा एक कार्यक्रमका बीच जिल्लामा रहेको १८ वटा स्थानीयतहले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषण सम्पन्न गरेपछि रौतहट जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।

जिल्लामा रहेका १८ वटा स्थानीयतहले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पूर्णखोप लगाएसँगै रौतहट जिल्ला खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको हो ।

मधेस प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री केशव रायको सहभागितामा बुधबार जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्चतको प्रमाणपत्र रौतहटले पाएको छ । रौतहट जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय रौतहट प्रमुख बिपिन साहले जानकारी दिएका हुन् ।

बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप–बि, एपआइपिभी, पोलियो दादरा, रुबेला, जापनिज जेइलगायत १३ प्रकारका खोप लगाएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने १८ पालिकाकालाई सम्मान पत्र र प्रशंसापत्रले सम्मान गरिएको छ । अतिथिलाई पनि सम्मान गरिएको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया