सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक युवतीको शव फेला परेको छ ।
बिहीबार बिहान अन्दाजी २२ वर्षीया निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिईन् ।
हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौं जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडौं पठाइएको तिमिल्सेना जानकारी दिइन् ।– रासस
प्रतिक्रिया