‘यौन पेसामा संलग्न व्यक्तिको अधिकार सुनिश्चित हुनुपर्छ’

जनकपुरधाम । यौन पेसामा संलग्न व्यक्तिको अधिकार र सुरक्षा कानुनी रूपमा सुनिश्चित हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
जनकपुरमा भएको यौन पेसामा संलग्न व्यक्तिको अधिकारसम्बन्धी स्थानीय तहमा छलफल कार्यक्रमा वक्ताहरूले यस्तो बताएका हुन् ।

वाध्यता वा स्वेच्छाले यौन पेसामा लागेकाहरूका लागि पेसा गर्न छुट्टै स्थान छुट्याएर सुरक्षित वातावरण तयार गर्ने गरी कानुनी प्रावधान बनाउन वक्ताहरूले आ–आफ्नो सुझाव दिएका छन् । वक्ताहरूले उनीहरूको पेसागत सुरक्षा दिन पनि जोड दिएका हुन् ।

अधिवक्ता नविन श्रेष्ठले देशमा ७० हजार बढी यौन व्यवसायी रहेको बताउँदै उनीहरूको अवस्था र विद्यमान कानुनको बारेमा स्पस्ट पारेका थिए ।
महिला कानुन र न्यायमञ्च लगायतको संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा अधिवक्ता राजकुमार महासेठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया