पाचौँ नेपाल आइडल बने करण परियार

काठमाडौँ । करण परियार नेपाल आइडल ५ को विजेता बनेका छन् । गएराति सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया