जनचेतनामुलक कार्यक्रम सम्पन्न

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिका–३ मा रहेको जय गुरुदेव एकाडेमीको आयोजनामा सम्मान तथा लागू औषध दुर्वसनी सम्बन्धित जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सशस्त्रप्रहरी बल पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममनि अधिकारीले बिद्यालयका बाल बालिकालाई लागू औषधको दुर्व्शनीबाट बचाउनका लागि शिक्षक र अभिभावकको अहम भुमिका राखनु पर्नेमा जोड दिए ।

समयमा आ–आफ्ना बाल बालिका र बिद्यालयका बिद्यार्थीलाई लागु औषध दुर्वशनीबाट जोगाउन समय समयमा हेरचाह गर्न आग्रह समेत उनले आग्रह गरे । अहिले बिषेश गरि साना उमेरका बालबालिका लागु औषध दुर्वसनीको लतमा परेको देखिएकाले लागु औषध गाँजा, चरेस भांग, इन्जेक्सन, चुरोट जस्ता नसालु पदार्थको लतबाट टाडा राख्नु पर्ने उनले बताए ।

यस्ता कुलतबाट बच्न, बचाउन, अभिावक र बिद्यालयका शिक्षकले बिषेश निगरानी गर्नुपर्नेमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरिक्षक राजाराम यादवले जोड दिए ।

साथै कार्यक्रम बिद्यालयका उत्कृष्ट छात्र छात्रालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक हितेश राना थापा, सशस्त्र प्रहरी सहाय निरिक्षक बिरेन्द्र यादव, सुजित गिरी, आकाश एफएमका प्रबन्धक निर्देशक लालबाबु बानियाँ, बिकास पटेल, रामबिश्वास चौधरी, शनि पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया