बारा । बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी र प्रशासन कार्यालयको गेट अगाडि मृतक कुशवाहाको शव राखेर प्रदर्शन गरिएको हो । शैक्षिक संघ संगठन एवं समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै शनिबार दिउँसो २ बजेदेखि प्रदर्शन गरेका हुन् ।
अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुशवाहाको उपचारको क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको थियो । कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि शुक्रबार गोली प्रहार भएको थियो ।
कुशवाहा हत्या प्रकरणमा संलग्न रहेको आशकांमा प्रहरीले अहिलेसम्म ५ जनालाई पक्राउ गरेको छ । बारा प्रहरी प्रमुख महेन्द्र खड्काले पक्राउ परेकाहरूसँग सोधपुछ चलिरहेको जानकारी दिए ।
प्रतिक्रिया