भारतीय निर्वाचन : ६४ करोड २० लाख मतको गणना सुरु

Congress party supporters watch proceedings of counting of votes on a television at their party headquarters in New Delhi, India, Tuesday, June 4, 2024. Election officials open an electronic voting machine to count votes at a counting center in New Delhi, India, Tuesday, June 4, 2024. India on Tuesday started counting votes from its staggered, six-week election that was seen as a referendum on Prime Minister Narendra Modi’s decade in power and was expected to give him a third term in office. (AP Photo/Altaf Qadri)

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले मंगलबारदेखि भर्खरै सम्पन्न चुनावको मत गणना सुरु गरेको छ । सातौँ चरणमा सम्मपन्न भएको ६४ कारोड २० लाख मतको गणना गर्न थालेको निर्वाचन आयोगले जनाएको छ ।

विगतका वर्षमा, मतका प्रमुख प्रवृत्तिस्पष्ट भएका छन्, हारेकाहरूले हार स्वीकार गरे पनि पूर्ण र अन्तिम परिणाम मंगलबार रातिसम्म मात्र आइसक्ने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) भारतको चुनावमा एक चौथाई मत गणनामा ३९.३ प्रतिशत मतका साथ पहिलो स्थानमा रहेको राष्ट्रिय निर्वाचन आयोगको तथ्यांकले मंगलबार देखाएको छ ।

तल्लो सदनमा संसदीय बहुमतका लागि आवश्यक दुई सय ७२ भन्दाबढी सिटमा भाजपा र यस गठबन्धन सहयोगी कम्तीमा दुई सय ८१ सिटमा अगाडि रहेको आयोगको तथ्यांकले देखाएको छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा छ हप्ता लामो चुनावपछि एक्जिट पोलले मोदी विजयको बाटोमा रहेको देखाएको आकलन गरिएको छ ।

मोदीले आफू पहिलो पटक प्रधानमन्त्री बनेको एक दशकपछि आफ्नो सरकारलाई पुनःनिर्वाचित गर्न भारतका जनताले उल्लेख्य संख्यामा मतदान गरेको कुरामा विश्वस्त रहेको बताएका छन् ।

बढ्दो हिन्दू राष्ट्रवादी भावनाप्रति मोदीको अपिलले उनलाई सत्तामा तेस्रो कार्यकाल दिने पर्यवेक्षक विश्वास गर्छन् ।मत इलेक्ट्रोनिक मतदान मेसिनमा खसालिएको थियो, त्यसैले गणना सम्भवतः छिटो हुनेछ, परिणाम प्रत्येक घण्टामा आउने अपेक्षा गरिएको छ ।

प्रत्येक राज्यका प्रमुख केन्द्रमा मंगलबार बिहान गणना सुरु गरी कम्प्युटरमा डाटा समावेश गरिएको छ । जनताले भारतीय लोकतन्त्र शक्तिको बारेमा जान्नुपर्ने बताउँदै मुख्य निर्वाचन आयुक्त राजिवकुमारले सोमबार बलियो गणना प्रक्रिया भएको जनाएका छन् ।

परिणामले एक्जिट पोलको भविष्यवाणीलाई प्रतिबिम्बित गर्छ भने मोदी भाजपाको मुख्यालयमा उत्सव मनाइने अपेक्षा गरिएको छ । विजयी पद दुई सय ७२ सिटको साधारण बहुमत हो भने सन् २०१९ चुनावमा भाजपाले तीन सय ३ सिट जितेको थियो ।

व्यापक गर्मीको बिचमा भएको यो मतदानलाई निर्वाचन प्रमुख कुमारले सोमबार विश्व रेकर्ड घोषणा गरे । सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा स्टेसनमा पुनः मतदान भएको हुनाले अन्तिम मतदाताको तथ्यांक भने अझै जारी हुन सकेको छैन ।

विश्लेषकले आंशिकरूपमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको उत्तरी भारतमा बढ्दो गर्मीको लहरले कम मतदान भएको आरोप लगाएका छन् ।– रासस, एएफपी

प्रतिक्रिया