मेक्सिकोमा महिला राष्ट्रपति

मेक्सिको सिटी । मेक्सिकोले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति चयन गरेको छ । आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको छ ।

उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि १ अक्टोबरमा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् ।

राष्ट्रपतिको लागि उम्मेद्वारी दिनुअघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वारी दिन उनले मेयर पदबाट राजीनामा दिइन् । निर्वाचनका क्रममा स्थानीय उम्मेद्वारहरूलाई लक्षित गरेर कैयौँ आक्रमण भएका थिए । सरकारकाले बताएअनुसार देशभरमा निर्वाचनका क्रममा २० जनाको हत्या भएको छ । अन्य सर्वेक्षणहरूले भने यो संख्या ३७ रहेको बताएको छ ।

प्रतिक्रिया