भारतमा लोकसभा निर्वाचन सम्पन्न

नयाँ दिल्ली । भारतमा सातौँ तथा अन्तिम चरणको मतदान शनिवार सम्पन्न भएको छ । संसारकै सबै भन्दा व्यापक यो लोकतान्त्रिक अभ्यासको सुरुवात ४० दिन अघि १९ अप्रिलमा सुरु भएको थियो । अन्तिम दिन ९०४ उम्मेदवार चुनावी मैदानमा थिए । ७ राज्य तथा युनियन टेरी टरी गरी कुल ५७ सिटका लागि अन्तिम चरणमा मतदान भयो । यस अघि अप्रिलको १९ र २६ तथा मेका ७, १३, २० र २५ का दिन ६ चरणका मतदान भएका थिए । ९६८ मिलियनले यस मतदानमा नाम दर्ता गराएका थिए ।

अन्तिम दिन पन्जाबमा १३ सिटका लागि मतदान भयो । हिमाञ्चल प्रदेशका सबै ४ तथा झार खण्डका १४ मध्येका ३ स्थानमा अन्तिम चरणमा मतदान भयो । ओढीषाका २१ मध्येका ६ स्थानका लागि मतदान भयो । सबै भन्दा ठुलो र धेरै सिट भएको उत्तर प्रदेशका ८० मध्येका १३ स्थानमा लागि पनि शनिवार नै मतदान सम्पन्न भयो । बिहारका ४० मध्येका ८, पश्चिम बंगालका ४२ मध्यका ९ तथा चन्दीगडको एक स्थानमा मतदान जारी छ । उत्तर प्रदेशको प्राचीन र पुरानो सभ्यता बोकेको बाराणाशी यस निर्वाचनको सबै भन्दा महत्त्वपूर्ण क्षेत्र हो । भारतीय नरेन्द्र मोदीले यसै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए ।

मोदीको प्रतिस्पर्धीका रूपमा काँग्रेसले अजय राईलाई उम्मेदवार बनाएको छ । राईलाई समाजवादी पाटीको साथ छ । यस राज्यमा समाजवादी पार्टीको बलियो उपस्थिति छ बाराणाशी सन् १९९० को दशकको सुरुवात देखि नै भाजपाको पकड रहँदै आएको छ । यसै क्षेत्रमा अयोध्या रहेको छ ।

वाराणसी भन्दा केही पर रहेको गाजी पुरको निर्वाचनलाई पनि धेरैले चासो पूर्वक हेरि रहेका छन् । सो क्षेत्रमा मुख्तर अन्सरीका भाइ अफजल अन्सारी उम्मेदवार छन् । मुख्तर अन्सारीको मार्च महिनामा जेलमा मृत्यु भएको थियो । उनको विरुद्धमा भाजपाले पारस नाथ राईलाई उम्मेदवार बनाएको छ ।

हिमाञ्चल प्रदेशको मान्डीमा अर्को रोचक प्रतिस्पर्धा छ । बलिउड कलाकार कंगना रनाउटलाई यस क्षेत्रमा भाजपाले उम्मेदवार बनाएको छ । काँग्रेसले विक्रमादित्य सिंहलाई उम्मेदवार बनाएको हो । यस क्षेत्रमा सिंह परिवारको पुर्ख्यौली प्रभाव छ । विक्रमादित्यका दिवंगत बाबु वीर भद्र सिंह ४ पटकका हिमाचल प्रदेशका मुख्य मन्त्री समेत हुन् ।

सन् २०१४ र २०१९ मा भने सो स्थानमा भाजपाका राम स्वरूप शर्माले प्रतिभा सिंहको विरुद्धमा जीत हात पारेका थिए ।
शिरोमणि अकाली दलले पन्जाबको जालन्धरमा लगातार ९ पटक कब्जा जमाएको थियो । यो पकडमा अहिले पृथकतावादी गतिविधिबाट नेतृत्वमा उदाएका अमृत पाल सिंहको उदयले चुनौती थपिएको छ । सिंह जेलबाट नै उम्मेदवार भएका हुन् । पन्जाबलाई भिन्न सिंह राज्य बाउने माग सहितको खालिस्तान गतिविधिका उनी मुख्य सहयोगी हुन् ।

यस क्षेत्रमा प्रान्तीय दलको बिचमा बढी प्रतिस्पर्धा हुने अनुमान पहिले देखि नै थियो । सिंहका मुख्य प्रतिस्पर्धा शिरोमणि अकालीका भिर्सा सिंह भल्तोहा र आम आदमी पार्टीका लाल जित सिंह बुलहार छन् । अमृतपलले जीत हात पारेमा यसले त्यस क्षेत्रमा नयाँ चुनौती थपिने अनुमान गरिएको छ ।

ममता बेनर्जीका भाइ पर्ने अभिशेष बेनजी टीनोमल काँग्रेस पार्टीको तर्फबाट डाइमन्ड हारबरमा उम्मेदवार हुने छन् । सातौँ चरणमा मतदान हुने राज्य उत्तर प्रदेश भाजापको मजबुत पकड भएको राज्य मानिन्छ । बिहारमा गठबन्धनकै सरकार छ । उढिषामा एनडिए गठबन्धनमा विजु जनता दलको सरकार छ । हिमाञ्चल प्रदेशमा काँग्रेस तथा पन्जाबमा इन्डिया गठबन्धनको आम आदमी पाटीको सरकार छ । झार खण्डमा इन्डिया गठबन्धनको झार खण्ड मुक्ति मोर्चाको पकड छ । पश्चिम बङ्गालमा इन्डिया गठबन्धनको त्रिमुनाल काँग्रेसको सरकार छ ।

शनिबार दिउँसो ३ बजेसम्मको समाचार अनुसार झारखण्डमा ६० प्रतिसभ भन्दा बढी मतदान भयो । छिमेकी बिहारमा भने दिउसम्म ४२ प्रतिसत मात्र मतदान भएको थियो ।
पश्चिम बंगालमा भने भोटिङ मेसिन कसैले लुटेरा पर लगेर फ्योकको समाचार छ । निर्वाचन मतगणना केही दिनमा नै पुरै आइ सक्ने भारतको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया