माओवादी जिल्ला कमिटी कालिकोटको बैठक : विभिन्न पदमा आकांक्षी

कालिकोट । आज (जेठ ४) गतेदेखि माओवादी केन्द्र जिल्ला कमिटी कालिकोटको बैठक सुरू भएको छ । माओवादी जिल्ला इन्चार्ज जीवन बुढाको उपस्थिति र निवर्तमान संयोजक लक्ष्मी चौलागाईंको अध्यक्षतामा बैठक संचालन गरिएको हो ।

उक्त बैठकमा जिल्ला नेतृत्व चयन, आगामी कार्ययोजना, केन्द्रिय अभियानको कार्यान्वयनलगायतका विषयमा छलफल चलिरहेको छ । जिल्लाको संयोजक र सचिवमा दर्जनौँ नेताहरूले आकांक्षा प्रकट गरेका छन् । संयोजकको लागि आकांक्षा प्रकट गर्नेहरुमा सरोज बोगटी विपिन, डम्बर शाही डिबी, दुर्गाप्रसाद काफ्ले, जगत शाही शिखर , रतनबहादुर शाही, खेमबहादुर सिंह, गोगन मल्ल, गणेश शाही आकाश, रहेका छन् ।

त्यसैगरी सचिव पदका लागि अग्र विष्ट सुनिल, जय महतारा, रतन बम, मानबहादुर भण्डारी, मिठ्ठु बम शैलेजा, धनलाल अधिकारी, पौरख विक, मनसोभा बुढा, भानुभक्त संजाल र तारा न्यौपाने रहेका छन् । आकांक्षीहरुको बिचमा छलफल गरी नेतृत्व चयन गरिने र ६ महिने भावी कार्ययोजना तयार गरी फिल्डमा होमिने बताइएको छ ।

बैठकमा पार्टी केन्द्रिय सदस्यहरू, केन्द्रिय आयोगहरुका सदस्यहरू, प्रदेश कमिटी सदस्यहरू, ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै तहका सदस्यहरू, सल्लाहकार समितिका सदस्यहरू, जिल्ला समिति सदस्यहरू, पालिका अध्यक्ष उपाध्यक्ष र सचिवहरू र जवस मोर्चाका जिल्ला इन्चार्जहरूको समेत उपस्थिति रहेको छ ।

संगठन निर्माणको लोकतान्त्रिक अभ्यासमा जुटेको माओवादी पार्टीले चयन गर्ने नेतृत्व कस्तो रहला यो जिज्ञासा आम पंक्तिमा छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया