बालविवाह न्यूनीकरण गर्न जनचेतनामूलक र्याली

महोत्तरी । मटिहानी नगरपालिका–८ द्वारा बालविवाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला व्यक्तिको समिति गठन एवं परिचालन गरी मंगलबार जनचेतनामूलक र्याली निकालिएको छ ।


उक्त जनचेतनामूलक र्यालीको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले गरेका थिए । त्यस क्रममा बोल्दै प्रमुख मण्डलले वडा–८ द्वारा गठन गरिएको बालविवाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला व्यक्तिहरूको समितिले बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मंगलबार बिहान निकालिएको बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक र्याली मटिहानीको विभिन्न भागको परिक्रमा गरेको थियो ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिका–८ का कार्यवाहक वडा अध्यक्ष अताबुल लहेरी, कार्यपालिका सदस्यहरू, पूर्व वडा अध्यक्ष गणेशप्रसाद साह, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय साह, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, उमाशंकर साह, जुगेश्वर खतवे, वडा–८ का वडा सचिव जीवेन्द्र कर्ण, नगरपालिकाका कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्यार्थीहरू लगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया