रौतहटमा ७ लाख मूल्य बराबर भन्सार छलीको सामान बरामद

रौतहट । रौतहटको परोहा नगरपालिका– ९ खापबाट सशस्त्र प्रहरीको टोलीले ७ लाख मूल्य बराबरको भन्सार छलीको सामान बारामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट अवैधरुपमा नेपाल ल्याएर दशगजा क्षेत्रमा लुकाइराखेको अवस्थामा उक्त मूल्य बराबरको भन्सार छलीको सामान बारामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले जानकारी दिए ।

राजश्व छली गरेर नेपाल ल्याई सीमा क्षेत्र नजिकै लुकाइराखेको अवस्थामा बरामद गरिएको विभिन्न लता कपडा, औषधि, सुर्तीजन्य पदार्थ र चप्पलहरू आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको सशास्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमिनियाले जनाएको छ ।

प्रतिक्रिया