रौतहट । रौतहटको विभिन्न माध्यमिक शिक्षा (एसइई) परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका छन् । यही चैत १५ गतेदेखि सुरु भएको सइईमा सहभागी भएका परीक्षार्थीलाई चिट चोरी गराउने आरोपमा परीक्षा केन्द्रमा खटिएका १२ जनालाई पक्राउ गरिएको बताइएको छ ।
मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए ।
हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उदेश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका जानकारी दिए ।
परीक्षा हलबाट चेकजाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी क़ानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
रौतहट
प्रतिक्रिया