मलंगवा । सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार बढी रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा मलंगवा नगरपालिका–३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् ।
आइतबार प्रहरीले दुवै जनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुन्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
आरिफ अन्सारीले मलंगवा–९ मा फोन सिटी मोबाइल पसल सञ्चालन गरेका छन् । कमर आरिफ दुवै जनामाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले बताए ।
प्रतिक्रिया