रौतहट । नेकपा एमालेका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले गौर नगरपालिकाका वर्तमान नगरप्रमुखलाई जनतासँग गरेको बाचा पूरा गर्न नसकेकोमा नगरवासीसँग माफी माग्नुर्ने बताएका छन् ।
नेकपा एमाले पार्टीको वर्गीय संगठन प्रेस चौतरी नेपाल जिल्ला कार्य समिति रौतहटले शनिबार गौरमा आयोजना गरेको नव प्रवेशी सञ्चारकर्मीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख आतिथ्यको रुपमा सम्बेधन गर्दै उनले गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न नसकेकोमा जनतासँगै माफी माग्नुपर्ने सुझाव दिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले नगरप्रमुख शम्भु साहले गरेको प्रश्नको जवाफ दिँदै र प्रश्न गर्दै भने, ‘जब मेरो कारण कालो सूचिमा परेको गौर नगरपालिका– २ मा झुलुंगे पुल निर्माणको स्वीकृती कसरी प्रदान भयो ? ।’
वर्तमान नगरप्रमुखले शुक्रबार गौर नगरपालिकामा आयोजित सार्वजानिक सुनवाई कार्यक्रममा पूर्वमेयरको कारण गौर नगरपालिका कालो सूचीमा परेको जिकिर गरेका थिए । वर्तमान मेयरले उठाएको प्रश्नको जवाफमा पूर्वमेयर गुप्ताले आफ्नो पालामा फागुन महिनामा नै वड़ा नम्बर २ स्थित बानेश्वर मन्दिर नजिक लालबकैया नदीमा झुलुंगे पुल निर्माणको स्वीकृतिी भएको दाबी गरे ।
फागुनमा योजना स्वीकृती भयो र वैशाखमा दोस्रो स्थानीय तहको निर्वाचन भएकाले त्यो योजना आफ्नो पालाको भएको उनले बताए । साथै, गुप्ताले जनतालाई ढाँट्ने काम नगर्न सुझाव दिँदै गौर नगरपालिका– ४ टिकुलियामा निर्वाचित भएको तीन महिनाभित्र झुलुंगे पुल बनाइदिने घोषणा कता हरायो ? भनी प्रश्न गरे ।
पूर्व नगरप्रमुख गुप्ताले जनतासँग गरेको बाचा पूरा नगरेर ढाँट्ने काम अहिलेको नगरप्रमुखले गरिरहेको टिपण्णीसमेत गरे । कार्यक्रममा नेकपा एमाले रौतहटका नवनिर्वाचित जिल्ला अध्यक्ष सच्चिदानन्द साहले प्रेस मुलुकको चौथो अंगको रुपमा रहेकाले राष्ट्र र समाजको विकासको लागि आवाज उठाइदिन आग्रह गरे । मुलुकमा नयाँ समीकरण बनेकाले नेकपा एमालेबाहेक देशको विकास कुनै अन्य पार्टीले गर्न नसक्ने दाबीसमेत गरे ।
प्रेस चौतरी नेपाल जिल्ला कार्यसमिति रौतहटका जिल्ला अध्यक्ष उत्तम उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष रुपेश पटेल, सचिव बाबुराम दाहाल, उपपसचिव अवधेश प्रसाद यादव, नव प्रवेशी सञ्चारकर्मी राकेश यादव, पूजा पाठक, सत्येन्द्र प्रताप सिंह, प्रवीण टिबडेवाल, मोहमद तनवीर आलम, धिरज यादव, चन्दन पटेल, सुभाष मन्डल, दिपक श्रीवास्तव, अरविन्द यादव र सुमित यादवलाई गम्छा ओढाएर सम्मानित गरिएको थियो ।
रौतहट
प्रतिक्रिया