पाकिस्तानको राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित

काठमाडौं । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अलि जरदारी चयन भएका छन् । जरदारीको यो दोस्रो कार्यकाल हो । पिपिपी दलका नेता उनले पिटिआईका उम्मेदवार मोहमद खान अकाक्चइलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

जरदारीको ४११ मत आउँदा खानको १८१ मत आएको हो । चुनाव शनिबार भएको थियो । योसँगै जरदारी दोस्रो कार्यकाल राष्ट्रपति हुने पाकिस्तानका प्रथम जननिर्वाचित राष्ट्रपति भएका छन् ।

यस्तै आफ्नो पुरा पाँच वर्षको कार्यकाल पुरा गर्नेमा पनि उनी प्रथम भएको पाकिस्तानी अखबार दनले उल्लेख गरेको छ । आइतबार उनले सपथ लिएका छन् ।

प्रतिक्रिया