गौर । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमीनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले खुल्ला सिमानाको कारण सुरक्षाको चुनौती धेरै रहेको बताएका छन् ।
शनिवार ११ नम्बर गण हजमीनियामा संचारकर्मीसंगको परिचयात्मक कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले नेपाल र भारत बिच खुल्ला सिमाना भएका कारण तस्करी सिमा क्षेत्रमा हुन सकिने आपराधिक गतिबिधि नियंत्रण गर्न ठूलो चुनौती रहेको बताए ।
उलने भने, ‘रौतहटमा लामो सीमा भारीतय सीमासंग जोडिएकोले सिमा सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणको लागि सवैको सहयोग आवश्यक रहेको छ ।’
सीमा सुरक्षाको मुख्य अभिभारा रहेको सशस्त्र प्रहरी बल दिन रात सीमामा नेपाली नागरिकको सुरक्षाको लागि तत्पर रहेको बताउँदै सीमा क्षेत्र स्थापना गरिएको चेकप्वाइन्ट बेस क्याम्पको पूर्वाधारको समस्या रहेको उनले उल्लेख गरे ।
दशगजामा रहेको पिलरको अवस्था जीर्ण हुदै गएकोले मरमत सम्भारको आवश्यक रहेको सोधिएको प्रश्नको जवावमा सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले दुवै देशको सीमाको विषय भएकोले राज्यको स्तरबाट त्यसको पहल गर्ने बताए ।
खुल्ला सीमा क्षेत्रमा सञ्चालन रहेको रक्सी पसलले नेपालमा लूटपाट चोरी लगायतको घटना हुने गरेकोले त्यस तर्फ ध्यान दिनु पर्ने पत्रकारहरुले ध्यानाकर्षण समेत गराएका थिए । सीमाबाट हुने तस्करी पूर्ण रुपमा नियन्त्रण हुन नसक्ने भएपनि न्यूनीकरण गर्ने प्रतिबद्धता उनले जनाए ।
रौतहट जिल्लाको सीमा क्षेत्रमा रहेको रक्सी पसलको विस्तृत विबरण संख्या संकलन गरिएको बताउँदै उनले यसलाई हटाउने विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा राख्ने बताए ।
बीओपी लक्ष्मीपुर बेलविच्छवा, बीओपी गौर, बीओपी औरैयामा बस्ने पूर्वाधारको कमी भएकोले त्यसको व्यवस्थापनको लागि प्रक्रिया अगाडी बढ़ाइसकेको उनले बताए ।
प्रतिक्रिया