६ किलो २०० ग्राम गाँजासहित एक व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले ६ किलो २०० ग्राम गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– २७ रामपुरस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत अस्थायी प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले पटेललाई पक्राउ गरेको जनाएको छ ।

नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म प्र ०३–०२६ प ००९७ नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा बाराको परवानीपुर गाउँपलिका– ५ बहुअरी बस्ने वर्ष २६ का दिपक पटेल नाम गरेका व्यक्तिले मोटरसाइकल पछाडि बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइछिपाई राखिएको ६ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया