वीरगञ्ज । सामानहरु लोड भएको मालवाहक मिनीट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा सामानहरु बोकेको मालवाहक मिनीट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली चोकस्थित सडकखण्डमा प्रदेश ०३–००१ ख ०३३० नम्बरको मालवाहक मिनीट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी खुद्रा तथा औषधिहरू लोड भएको तथा सो बिल बिजक शंकास्पद देखिएकाले १६ लाख ७४ हजार ४०५ रुपैयाँ मूल्य बराबरको सामानहरुसहित ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका खुद्रा तथा औषधिहरू लोड भएको मिनी ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया