यो कस्तो लोकतन्त्र हो ?

सरकार देखि बाहिर हुँदा चर्का कुरा गर्ने तर सरकारमा छदा चुप लागेर बस्ने यो रोग कुनै पनि पार्टीमा अझै हटेको छैन । लोकतान्त्रिक पार्टीहरु मुलुक प्रति गम्भिर बन्न सक्नु पर्छ । त्यसो भयो भने मात्र लोकतान्त्रिक ब्यवस्था बलियो बनन सक्छ । आज हामीले देखिरहेका छौं । केहीतत्वहरु लोकतन्त्र कमजोर बनाएर धमिलो पानीमा माछा मार्ने दाउ खेलिरहेका छन । कारण के हो भने लोकतन्त्रवादी शक्तिहरु कमजोर बन्दै गए । लोकतन्त्र कमजोर हुनु भनेको खतराको संकेत हो ।

मुलुकमा लोकतान्त्रिक शासन ब्यवस्था संचालन भएको धेरै भयो । तर जनताले त्यस अनुसार अनुभूति पाउन सकिरहेका छैन । राणा शासन विरुद्घको आन्दोलनदेखि गणतन्त्रसम्मको यात्रामा नेपाली समाजले लोकतन्त्र, मानवअधिकार, विकास र सुशासनका लागि ठूलो संघर्ष गरेको छ । नेपाली जनताले लोकतन्त्रका लागि ठूलो त्याग, तपस्या र वलिदान गरेका छन । नेपाली जनताले लोकतान्त्रिक ब्यवस्थामा पनि धेरै समस्या बेहोर्नु परिरहेको छ । देशमा गरिबी, अभाव, महँगी, भ्रष्टाचार, नातावाद, कृपावाद, छाडावाद, तस्करी, कालोबजारी मौलाउँदै गएको छ ।
अहिलेको निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हो । यो निर्वाचन प्रणालीले कुनै पनि राजनीतिकदलको बहुमत आउन सक्ने अवस्था छैन । निर्वाचनबाट सक्षम व्यक्तिहरू निर्वाचित हुने अवस्था छैन । यो अभ्यास नेपाल र नेपालीहरूको भविष्य बर्वाद बनाउने खेल हो । लोकतन्त्रका नाममा सीमित व्यक्ति र समूह मोटाउने काम बाहेक अरु केही हुन सकेको छैन । दलहरूले लोकतन्त्रलाई भजाउने र आफू बन्ने काम बाहेक अरु देश र जनताको पक्षमा के नै गरेर । सत्ता भने पछि मरिहत्ते गर्ने दलहरु बाट अरु के आश गर्न सकिन्छ र ? एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री हुने, पदकालागि जे पनि गर्न तयार हुने यो देशकालागि दुर्भाग्य हो । लामो समय देखि देशमा राजनीतिक स्थायित्व हुन सकेन । राजनीति स्थायित्व नभए पछि भ्रष्टाचार घटेन । भ्रष्टाचार दिन प्रति दिन बढदो छ ।
यसले देशमा ठूलो समस्या निम्त्याएको छ । जनताले विकास र सुशासनको अनुभूति गर्न सकेनन् । यो कस्तो लोकतन्त्र हो ? लोकतन्त्र पारदर्शी शासन व्यवस्था हुनु पर्नेमा व्यवहारमा त्यसो हुन सकेन । लोकतन्त्रलाई नेताहरुले नै बदनाम गरे । राजनीतिमा हुने कार्यहरू अत्यन्त अलोकतान्त्रिक देखिन्छ । सत्तामा जाने तर विकास र सुशासन दिन नसक्ने कार्यले नेपाली जनता वाक्क दिक्क भएको छ । मुलुकमा व्यवस्था बदलियो तर नेपाली जनताको अवस्था ज्युँकात्युँ रह्यो । राजनीति दल र तिनका नेताहरुले जनता झुक्याउने, भोटको राजनीति गर्ने काम गरे । सत्तामा गए पछि सबै कुरा बिर्सिए ।

जनताले राजनीतिक दलहरूलाई पालैपालो सरकारमा पनि पठाए । तर, दलहरुले देश र जनताको पक्षमा सिन्को समेत भाँच्न सकेनन् । मुलुक बनाउन सक्ने सक्षम राजनेताको अझै पनि अभाव छ । अहिले नेपाल दक्षिण एसियाकै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा पर्छ । मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम पनि राजनीतिक दल र तिनका नेताबाट भएको पाइन्छ । संसद् भित्र जनताका आवाजहरू बोल्ने संसदहरु कममात्र देख्न सकिन्छ ।

अहिले जल्दोबल्दो विषयको उठान गर्नु पर्ने हो । खै त्यो देखिएन । मेचीदेखि महाकालीबाट मिटर ब्याजपीडितले न्याय खोज्न काठामाडौंसम्म पैदल यात्रा गर्नु परेको छ । त्यही पनि उनीहरुले न्याय पाएको अवस्था देखिदैन । पछिल्लो समयमा सहकारी पीडितको अवस्था कहालि लाग्दो छ । राज्य सम्पूर्ण नागरिकको अभिभाभक हो । लोकतन्त्रमा राज्यमुलुक र जनताप्रति इमानदार, बफादार एवं जवाफदेही हुनुपर्छ जनतालाई व्यवहारमा लोकतन्त्रको अनुभूति गराउन सक्नुपर्छ । नागरिकका आवाजहरू सुन्नुपर्छ । नागरिकहरूका दैनिकीसँग जोडिएका तमाम समस्याहरूको समाधान गर्नुपर्छ ।

जननिर्वाचित सरकारले सुशासान र विकासलाई मार्ग निर्देशनका आधारमा अगाडि बढाउनु पर्छ । लोकतान्त्रिक दलहरू बीचमा जनहितका सवालमा एउटै दृष्टिकोण बनाउनु पर्छ । सत्ताकै लागि आन्तरिक घात, प्रतिघात र यस्तो कार्य लोकतन्त्रमा सुहाउँदैन । अब देशको बिकासका लागि सबै चिन्तित हुनु पर्ने अबस्था देखिएको छ । दिगो आर्थिक वृद्धिका लागि उद्यमशीलता विकास हुनुपर्छ । मुलुकको अर्थतन्त्र बलियो बनाउन पनि उद्यमशीलतामा जोड दिनु पर्छ ।

आज मुलुक कतातिर गइरहेछ भन्ने गम्भीर बिषयमा बहस हुन जरुरी छ । मुलुकको अर्थतन्त्र विप्रेषणले धानेको जगजाहेर छ । दैनिक करिब तीन हजार युवाहरू रोजगारी तथा पढाइका लागि विदेश पलायन भइरहेका छन् । मुलुकको अर्थतन्त्र विप्रेषणमा आधारित अर्थतन्त्र भएको छ । विप्रेषणमा दबाब पर्ने बित्तिकै अर्थतन्त्रमा समस्या देखिन्छ । त्यसैले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिवर्तन नगरी सुखै छैन । दिगो आर्थिक वृद्धिका लागि उद्यमशीलता विकास हुनुपर्छ । दिगो आर्थिक वृद्धि स्वदेशमै उत्पादित वस्तु तथा सेवाहरूको उद्यमबाट मात्र सम्भव हुन्छ ।

राजनीतिक दलका शीर्ष नेताहरुले मुलुकको भविश्यबारे केही सोचेनन् । जसले गर्दा आज हामी धेरै पछाडी फर्किएका छौं । यी तमाम बिषयमा प्रमुखदलहरु गम्भिर बन्ने हो भने धेरै समस्या हल हुदै जाने छन । पुराना राजनीतिकदलहरुले नयाँ पुस्तालाई राजनीतिक वातावरण बनाइदिनु पर्छ । त्यसो भयो भने मात्र नयाँ पुस्तामा आशापलाउने बातावरण बन्ने थियो । त्यो बातावरण अहिले सम्म देखिएको छैन । नयाँ पुस्ताले पनि यो देशका लागि केही सोच्न सक्नु पर्छ । बिदेश जाने पैसा कमाउने मात्र सोच राखेर यो मुलुक बन्दैन ।
मुलुक बनाउन युवा स्वदेशमा बस्नु पर्छ । युवा बिना मुलुक बन्न सक्दैन । दुनियाँको इतिहास हेर्ने हो भने युवाहरुले नै देश बनाएका छन । देश बनाउन युवाहरु नै तयार हुनुपर्छ । युवा तयार नभए सम्म देश बन्दैन । यो बिषयमा सरकार गम्भिर बन्नु पर्छ । यो मुलुकको ब्यवस्था परिवर्तन गर्न युवा बिद्यार्थीहरुको महत्वपूर्ण भूमिका छ । तर राजनीतिक दलहरु र तिनका नेताहरुले यो कुरा बुझेनन् । जसका कारण आज यो देश संकटमा पदैछ । अब पुरानादलहरुले आफ्नो मात्र बखान गरेर हुँदैन । मुलुकको भबिश्य हेरेर काम गर्नु पर्छ । परिवर्तनका लागि युवा बिद्यार्थीहरुले गरेको त्याग, तपस्या र योगदानको उचित मूल्याकंन गर्नु पर्ने आबश्यकता देखिएको छ ।

अब कुरा मात्र गरेर यो मुलुकको भबिश्य बन्दैन । भबिश्य बनाउन काम गरेर देखाउनु पर्छ । सरकार देखि बाहिर हँुदा चर्का कुरा गर्ने तर सरकारमा छदा चुप लागेर बस्ने यो रोग कुनै पनि पार्टीमा अझै हटेको छैन । लोकतान्त्रिक पार्टीहरु मुलुक प्रति गम्भिर बन्न सक्नु पर्छ । त्यसो भयो भने मात्र लोकतान्त्रिक ब्यवस्था बलियो बनन सक्छ । आज हामीले देखिरहेका छौं । केहीतत्वहरु लोकतन्त्र कमजोर बनाएर धमिलो पानीमा माछा मार्ने दाउ खेलिरहेका छन । कारण के हो भने लोकतन्त्रवादी शक्तिहरु कमजोर बन्दै गए । लोकतन्त्र कमजोर हुनु भनेको खतराको संकेत हो ।

पुराना राजनीतिकदलहरुले राम्रो सँग काम गरेर देखाउन नसक्दा यो अबस्था आएको हो । आज देशमा रबि लामिछानेले नेतृत्व गरेको पार्टी एका एक हावीहुदै गएको छ । कारण के हो भने पुरानादलहरु र तिनका नेताहरु प्रति बितृष्णा हो । जनतामा बितृष्णा पैदा हुदै गयो भने ब्यवस्थाप्रति नै खतरा हुन सक्छ । यो बिषयमादलहरु गम्भिर बन्न सक्नु पर्छ । दलहरु नीति, सिद्धान्तका विषयमा गम्भिर हुन सकेनन् । सत्ताको गोल चक्कर भित्रदलहरु फसे । यो वाट सजिलै बाहिर निस्कन उनीहरु सक्दैनन् ।

किनभने सत्ताको स्वाद नै महुरीको घार भित्रको मह जस्तो भइरहेको छ । लोकतान्त्रिक शासन प्रणालीमा पार्टीभित्र र अन्य पार्टी बीच प्रतिस्पर्धा राम्रो पक्ष हो । यो लोकतन्त्रका लागि पनि राम्रो मानिन्छ । अहिले नेपाली कांग्रेस भित्र जुन बहस भइरहेको छ, त्यो राम्रो हो । नेपाली कांग्रेस कमजोर बन्दा लोकतन्त्र कमजोर बन्दछ । यो इतिहासले देखाएको कुरा हो । अब पनि काँग्रेस कमजोर बन्यो भने लोकतन्त्र खतरामा पर्ने निश्चित छ । नेपाली काँग्रेस गठबन्धनको भरमा राजनीति गर्नु इतिहासमा ठूलो भूल हो । अब पनि फेरि गठबन्धनको राजनीतिलाई यसले बिश्वास गरेर अघि बढन खोज्छ भने यो आफै सकिने निश्चित छ ।

नेपाली जनताले सही पार्टी र नेतालाई चिनेर भोट नहालेका कारण लोकतन्त्र कमजोर हुँदैछ । राजनीतिक दलका विभिन्न काण्डहरू बाहिर आइरहेका छन् । यो लोकतन्त्रका लागि राम्रो संकेत होइन । जनताले परीक्षण गरिसकेका दलहरु बारम्वार दोहोरिदा जनतामा निराशा बढेर गएको छ । देश युवा विहीनको अबस्थामा पुगेको छ । हाम्रो देशमा धनी झन् धनी हुँदै छन् भने गरिब झनै गरिब हुँदैछन् । यो कस्तो खालको लोकन्त्र हो ? विश्व बदलिइसकेको अबस्था छ । हामी जहाँको त्यही छौं । यो लाज लाग्ने कुरा हो की होइन ?
प्रविधिले दिन प्रतिदिन फड्को मार्दै छ । देशलाई सही निकास दिने दुरदर्शी नेता देशले खोजेको छ । दलहरू देश र जनताका लागि भन्दा पनि शक्ति, पद र प्रतिष्ठाका लागि रस्साकस्सी गरिरहेका छन् । शक्ति प्रदर्शन गर्ने र पदमा को पुग्नेमा अल्झिएर राष्ट्रिय हितको मुद्दा ओझेलमा पारेका छन् । दलहरूले जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारी निःशुल्क, सहज, समान बनाउनुपर्ने आजको आवश्यकता छ । तर, दलहरू यो दिशामा अघि बढन खोजिरहेका छैनन् । दलहरूले सत्तामा जाने र शासन गर्नेबाहेक अरु सोच्दै सोचेनन् । यो मुलुककालागी घातक हो ।

मुलुकको नेतृत्व राजनीतिबाट हुने भएकाले यस विषयमा दलहरूले गम्भीर चासो दिनु जरुरी छ । दलहरू दलगत स्वार्थमा अल्झिरहेका छन । उनीहरु राष्ट्रिय स्वार्थमा केन्द्रित बन्न सकेनन् । राजनीतिक दलहरूले जनतालाई झुठा सपना बाँडेर चुनाव जितेर सत्तामा पनि पुगे तर आज जनताको अबस्था उस्तै छ । आखिर के भयो ? दलहरूले जनतालाई प्रयोग गर्ने माध्यम मात्र बनाइ रहेका छन् । यो राम्रो कुरा होइन । लोकतन्त्रको आधारभूत पक्ष भनेकै जनादेशको सम्मान गर्नु हो । जनभावनालाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कमजोर हुन्छ । खास गरी नेपालका पुराना राजनीतिक दल र तिनका नेताहरुले विगतमा गरेका गल्तीलाई सच्याएर आगामी दिनमा अघि बढन सके भने मात्र राजनीतिक दलप्रति आम जनताको बिश्वास रहन सक्छ ।

प्रतिक्रिया