सुलभ मूल्यमा चैते धानको बीउ वितरण

बारा । किसानको सुबिधालाई मध्य नजर गर्दै देवताल गाउँपालिकाले सुलभ मूल्यमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।

बिहिवार, शुक्रबार र शनिबार तीन दिनसम्म वितरण गरिने उक्त धानको बिउबाट किसानहरूले लाभ लिने गाउँपालिकाका कृषि शाखाका प्रमुख अजयकुमार यादवले बताए । बाहिर धानको बीउ किन्दा महंगो हुँदा किसानलाई बढी भार पर्ने भएकाले गाउँपालिकाले यस बर्ष सुलभ मूल्यमा रेटमा धानको बीउ उपलब्ध गराउदा आफुलाइ एकदमै सहज भएको स्थानीय किसान जिउत प्रसाद यादवले बताए ।

किसान जय मंगल गिरीले बाहिर यही बीउ किन्दा किलोको ९० रूपैयाँदेखि १०० रूपैयाँसम्म किनबेच भइरहेकोमा गाउँपालिकाले सहज बनाएको बताए । सुलभ मूल्यमा धानको बिउँ पाउँदा यसपालि खेत बाझे हुने चिन्ता हटेको उनले सुनााए ।

तर गाउँपालिकाले उक्त धानको बिउलाइ सुलभ अर्थात किलोको ४५ रूपैयाँमा उपलब्ध गराएकोमा खुसी हुदै गाउँपालिकालाई उनले धन्यवाद दिए । यसै गरी आउने दिनमा किसानको हरेक समस्यामा साथ दिन उनले गाउँपालिका सँग आग्रह गरे ।

देवताल गाउँपालिका कृषि प्राबिधिक जयप्रकाश यादवका अनुसार गाउँपालिकाले हर्दिनाथ १४४२ धान हरेक किसानलाई १ बिगाहामा ४० किलोको दरले बीउ वितरण गरिरहेको जानकारी दिए ।
यसपालि किसानहरूले दिएको निवेदनको अधारमा २५ क्विन्टल धानको बीउ वितरण भइरहेको उनले बताए । आउने दिनमा यहाको किसानको माग अनुसार किसानको कृषि कार्यको लागि हरेक सेवा सुबिधा गाउँ पालिकाको सल्लाह अनुसार उपलब्ध गराउने आर्का कृषि प्राविधिक अजय कुमार यादवले बताए ।

प्रतिक्रिया