काठमाडौं । नेपालको सामाजिक रुपान्तरणका लागि गाइएका जनवादी÷प्रगतिवादी गीतसंगीतको शृंखला सुरु भएको छ । ‘जनसंगीत शृंखला’ नाममा जनकलाकार संघ नेपालले शनिबारदेखि प्रत्येक महिना गर्न लागेको यसको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृका यादवले शुभारम्भ गरे । जमलस्थित नाचघरबाट जनसंगीत शृंखला सांगीतिक अभियानको पहिलो भाग सुरु गरिएको संघ अध्यक्ष धनु ज्ञाङमी मगरले जानकारी दिए । उक्त पहिलो भागको प्रस्तुति जनयुद्धकालीन गायक गायिकाले युद्धकालीन गीत गाउँदै सुरु गरिएको थियो । जनसांस्कृतिक महासंघका कार्यवाहक अध्यक्ष भिम कुमाखीले सहजीकरण गरेको सो दुई घण्टा चलेको थियो । जनवादी गायक खुशीराम पाख्रिनको गीतबाट गायिका शारदा लिम्बू र गायक मोहित श्रेष्ठबाट सुरुवात गरेको उक्त कार्यक्रममा जनवादी गायक झंकार बुढा र पिएन साइलाले सारंगीको धुनसहितको सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार सुरद बिष्ट (सुमन) र बालकृष्ण भलामीले व्यंग्य प्रस्तुत गर्दै जनताका पीरमर्कालाई सरकारले संबोधन गर्नु पर्ने बताए । सो कार्यक्रममा भारतीय जनवादी गायक डफ्लीले भोजपुरी गीतसहितको जनवादी सांगीतिक दिएका थिए । कार्यक्रमको अन्त्यमा जनकलाकार संघका अध्यक्ष गायक तथा संगीतकार धनु ज्ञाङमीले खुशीराम पाख्रिनकै गीत गाउादै आगामी दिनमा पनि शृंखलालाई निरन्तर अगाडि बढाउने बताए ।
प्रतिक्रिया