फागुन १६ गतेबाट गण्डकी प्रदेशको हिउँदे अधिवेशन

कास्की । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गते बुधबारबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सभाका निमित्त सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट अधिवेशन सुरु हुने उल्लेख छ। स्थापनादेखि हालसम्म गण्डकी सरकारले ६६ ऐन, कानुन बनाएको छ ।

दोस्रो पटक आएको सदनले बनाएर पारित भएको नयाँ विधेयकमा वन विधेयकमात्र हो । यो बिचमा सदनले प्रदेशसभा नियमावलीसमेत संशोधन गरेको छ । अहिले प्रदेशसभाका समितिमा गण्डकी प्रदेशमा बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलमा छन् ।

सरकारले थप ३९ वटा ऐन आवश्यक भएको पहिचान गरी केही ऐनको मस्यौदासमेत बनाएको छ भने केही ऐन निर्माणका लागि गृहकार्य भएको छ । गण्डकी प्रदेशसभाले पहिलो वर्ष नै दुई सरकार पायो । यो अवधिमा दुई नियमित र दुई विशेष गरी चार अधिवेशन भइसकेका छन् ।

प्रतिक्रिया