रौटहट । जिल्ला कारागार कार्यालय गौरमा क्षमता भन्दा कैदी बन्दी रहेका छन् । कारागारमा बस्ने कैदी बन्दीको क्षमता २ सय रहेकोमा अहिले ३२१ जना कैदी बन्दीलाई राखिएको छ ।
भौतिक पूर्वाधारको आभाव रहेको रौतहट कारागार कार्यालयमा बिभिन्न मुद्दाका कैदी तथा थुनुवा कैदीको संख्या ३२१ रहेको कारागार कार्यालयका प्रमुख प्रशान्तकुमार बर्माले बताए । प्रयाप्त भवन नरहेको कारण क्षमता भन्दा बढ़ी कैदीलाइ राख्नु परेको उनले बताए ।
प्रशासकीय अधिकृत बर्माले कारागार कार्यालयको पुरानो भवनदेखि दक्षिण तर्फमा अतिक्रमण गरी राखिएको करीव ४ कट्ठा जग्गा खाली गराएर माटो पुरिएको बताउँदै खाली जग्गामा थप भवन निर्माण गर्नको लागि केंद्रीय कार्यालयबाट बजेट मांग गरिएको जानकारी दिए ।
गौर कारागार कार्यालयबाट ३० जना कैदीलाइ अन्य कारागारमा पठाइएको समेत उनेल बताए । संख्या अनुसारको बस्ने कोठा नभएको कैदीहरुलाई बस्न समस्याको सामना गरिरहनु परेकोले भवन निर्माणमा केंद्रीय कारागार बिभागले चासो लिनुपर्ने उनले बताए । कारागार कार्यालयमा रहेका कैदी बन्दीमा सवै भन्दा बढ़ी कर्तव्य ज्यान मुद्दाका रहेका छन् । कर्तव्य ज्यान मुद्दाका कैदी पुरुष ६८ र महिला ६ जना तथा थुनुवा कैदी तर्फ पुरुष ३६ र महिला ३ जना गरी ११३ जना रहेका छन् ।
ज्यान मार्ने उद्योगका ८ जना, हात हतियार खरखजाना मुद्दाको ३ जना, लागू औषध मुद्दाको ३३ जना, जवरदस्ती करणी मुद्दाका ५३ जना, डाका मुद्दाका ५ जना, मानव बेचबिखन मुद्दाका ५ जना, चोरी मुद्दाका २९ जना, अपहरण तथा शरीरबन्धक मुद्दाका १६ जना, ठगी, कीर्ते, बिगो लेनदेन मुद्दाका ६ जना कैदी तथा थुनुवा रहेको कारागार कार्यालयले जनाएको छ ।
खोटा चलन मुद्दाका ३, बहुबिबाह मुद्दाका ५, कुटपिट सवारी अंगभंग मुद्दाका ६, सवारी ज्यान मुद्दाका २४, भन्सारछली मुद्दाका २, राज्य बिरुद्ध सार्वजनिक मुद्दाका ५, नागरिकता तेजाब मुद्दा का १ अभद्र व्यवहारका १ जना कैदी रहेका छन् । कारागार कैदी पुरुष १७८ र थुनुवा १२६ गरी ३०४ र महिला कैदी ११ तथा थुनुवा ३ गरी १४ जना र ३ जना नवालाक रहेको छ ।
विभिन्न मुद्दामा अभियोग सावित भई सजाय पाई सकेका तथा थुन्छेकको क्रममा मुद्दाको अनुसन्धानका लागि कारागार चलान भएका कैदीलाइ सहज रुपमा बास बस्नुपर्ने व्यवस्था गर्नुपर्ने अधिकार केंद्रीय कारागार व्यवस्थापन बिभागको रहेकोले मानव अधिकारको रक्षाको लागि समयमै सरकारले गौर कारागार कार्यालयको आभाव रहेको भवनको निर्माणमा सक्रियता देखाउनु जरुरी रहेको छ ।
रौतहट
प्रतिक्रिया