रौतहट । देवाहीगोनाही–रौतहटमा सुुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम आज सम्पन्न भएको छ । जिल्लाको देवाहीगोनाही नगरपालिकाको सभाकक्षमा अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
शुक्रवार तराइ विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना र जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन तथा देवाहीगोनाही नगरपालिकाको सहकार्यमा एक दिने प्रशिक्षणमूलक कार्यक्रम भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका डा. हेमबहादुर केसीले पहिला कागजात नपुुगेर भ्रष्टाचार ठहरिन्थ्यो अहिले आएर कागजात भित्र नै भ्रष्टाचार बढेको बताए । सरकारी कार्यालयम कागजात सच्याउने काम भइरहेकोले यस्तो नगर्न आग्रह गरे । मधेशको सरकारी कार्यालयहरुमा विचौलीयाको बिगबिगी बढेको भन्दै यसप्रति गम्भिर हुन सुुझाव दिए ।
साथै उनले भ्रष्टाचार ठहर भए हुने कैद र जरिवानाको बारेमा पनि विस्तृत रुपमा जानकारी गराएका थिए । उनले हरेक इकाइहरुमा सदाचार युनिट गठन गरेर अगाडी बढन सके भ्रष्टाचारलाई न्यूूनिकरण गर्न सकिने बताए । केसीले इमान्दारिता पूर्वक काम गर्न सबैजना लाइ आग्रह पनि गरेका थिए ।
कार्यक्रममा महालेखा परिक्षक कार्यालयका नायव महालेखा परिक्षक एवम् मधेस प्रदेश प्रमुख श्याम भण्डारीले कार्यालयहरुको प्रशासन व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ, त्यसको सुुझाव दिने काम मात्र मलेपाले गरिरहेको बताए । त्यसैले प्रक्रिया तथा विधिलाई ध्यानमा राख्दै काम गर्न सुुझाव दिए ।
देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले नगरपालिकाको संक्षिप्त परिचय दिदै यहाँ बाट हुुने सेवा प्रवाह बारे प्रकाश पारे । साथै उनले स्थानीय तह सञ्चालनमा कार्यालय प्रमुखले सामना गर्नु परेको समस्या बारे पनि आफनो धारण राखेका थिए । उनले पटक पटक कार्यकारी फेरबदलले सेवा प्रवाहमा समस्या हुुने गरेको बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा समस्या हुने गरेकोले सुनाए । स्थानीय तहमा हुने गरेको विवाद समाधानका लागि कदम चाल्नुपर्ने उनको धारणा रहेको थियो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफनो भूमिका बिर्सेर अरुको काममा चासो देखाएका कारण स्थानीय तहमा समस्या उत्पन्न हुने गरेको बताए । आफ्नो उतरदायित्व बोध भएर काम गर्न उनको आग्रह थियो । उनले भने, ‘यहाँको स्थानीय तहमा जुन जनप्रतिनिधीहरु बिच बोल्दै नबोल्ने मानसिकता छ, त्यसलाइ परिवर्तन गर्नुपर्दछ ।’ जनतालाइ केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुुमार फुयाँलले स्थानीय तहले राष्ट्रिय अर्थतन्त्रमा कसले कति योगदान पुर्याएको छ ? त्यसको आधारमा छनौट गरि आयोजना दिने गरेको बताए । आगामी वर्ष स्थानिय तहलाइ प्रदान गर्दै आएको आयोजनामा समिक्षा गरेर बढने प्रतिबद्धता जनाए ।
आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईँले रौतहटलाई समृद्ध बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजन गरेको बताए । कार्यक्रममा जिल्लाको १८ स्थानिय तहका प्रमुख, उपप्रमुख,विभिन्न कार्यालयका प्रमुख, कर्मचारी सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादनमा सबै भन्दा बढी अंक प्राप्त गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र पत्रकार संजय मिश्रलाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया