वीरगञ्ज । नेपाल राष्ट्रवाद संघको केन्द्रीय कार्यालय वीरगञ्जले फागुन ७ गते शुभकामना र्यालीसहित विभिन्न कार्यक्रम गर्ने भएको छ ।
त्रिभुवन जयन्ती तथा तत्कालीन बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७४आँै जन्मोत्सवको उपलक्ष्यमा शुभकामना र्याली गर्ने भएको जनाइएको छ ।
उक्त र्याली वीरगञ्जस्थित घण्टाघर चोकबाट नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा कोणसभामा परिणत हुने जनाइएको छ ।
यस्तै फागुन ८ गते साँझ ७ बजे मसाल जुलुस निकाल्ने तथा ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म घण्टाघर चोकमा चक्काजाम गर्ने र फागुन १० गतेदेखि प्रत्येक दिन घण्टा बढाउँदै जाने नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया