काठमाडौं । भारतीय अभिनेत्री सामन्था रुथ प्रभु काममा फर्किएकी छिन् । ७ महिनाको ब्रेकपछि उनी काममा फर्किएकी हुन् । सामन्थाले सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै आफू काममा फर्किएकोबारे जानकारी गरेकी हुन् । उनले अब हेल्थसम्बन्धी पोडकास्टमा काम गर्नेछिन् ।
‘हो म काममा ढिलो फर्किए । म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ। अब म एक साथीसँग केही रमाइलो गर्न जाँदैछु । जुन हेल्थ पोडकास्ट हुनेछ । यो केही यस्तो छ, जुन साँच्चै मन परेको छ,’ उनले लेखेकी छिन् ।
पोडकास्ट अर्को साताबाट रिलिज हुन लागेकाले आफू निकै भावुक र उत्साहित रहेको सुनाउँछिन् उनी । गतवर्ष सामन्था अटो इम्युन कन्डिसन मायोसाइटिक बाट पीडित भएकी थिइन् । उपचारका लागि उनले केही समय ब्रेक लिएकी थिइन् ।
पछिल्लोपटक सामन्था विजय देवरकोंन्डासँगै फिल्म ‘खुसी’ मा देखिएकी थिइन्।
सामन्था अब वरुण धवनसँग वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन्। ब्रेकमा जानुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब सिरिजको सुटिङ पनि गरिरहेकी थिइन्।
यस सिरिजबाहेक सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन् जुन उनको पहिलो विदेशी फिल्म हुनेछ।
प्रतिक्रिया