पाँचथर । जिल्लाको फिदिममा सरोकारवालासँग प्रदेश प्रहरी प्रमुखको अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा लागुऔषध नियन्त्रका लागि जोड दिइएको थियो ।
लागुऔषध नियन्त्रण गर्न प्रहरीले विशेष कदम चाल्ने कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले बताएका छन् । खापुङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमणको क्रममा पाँचथर आएका थिए ।
खापुङले सरोकारवालाहरुसँग कुरा गर्दै लागुऔषध नियन्त्रमा पहिलो प्राथमिकता रहने विश्वास दिलाए । सोही क्रममा प्रहरी चौकी स्थापना आवश्यकता रहेको जनाइएको थियो ।
नागरिकको सुरक्षा चुनौतीलाई सहयोग गर्न प्रहरीले मात्र नभएर नागरिकहरुले पनि चासो राख्नुपर्ने खापुङको भनाइ थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय दल, संघसंस्था, सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया