सप्तरीबाट बन्दुक र ४१ राउन्ड गोलीसहित शिकार गरिरहेका युवक पक्राउ

राजविराज । सप्तरीको कोशी बाँध छेउबाट प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न।२ स्थित कोशी बाँध छेउमा जंगली जनावरको शिकार गरिरहेका राजविराज नगरपालिका– ५ का शैलेशकुमार झालाई सो हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

पक्राउ गरिएका झाले शिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको एसपि बज्राचार्यले बताए । सिकार गरिएका जंगली जनावर हरिण भएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया