राष्ट्रियसभा निर्वाचन : कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

सिटौलाले एमाले र राप्रपा गठबन्धनबाट उम्मेदवार उद्धव पौडेललाई हराउँदै विजयी भएका हुन् । उक्त प्रदेशमा दुई जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उनलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत दिएका थिए । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत दिए । कोशी प्रदेशसभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया