सिराहा । सिरहामा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका– ४ का रुपेश यादव रहेका छ्न् ।
इलाका प्रहरी कार्यालय महेसवारीबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवले प्रहरीलाई देख्नासाथ भागिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया