वीरगञ्ज । भारतको अयोध्यामा रामलल्ला श्री राम भगवानको मन्दिर उद्घाटनको अवसरमा पर्सा जिल्लाको बिभिन्न ठाउँहरुमा बिभिन्न रामायणयसँग वर्णन गरिने चित्र र झाँकीसहित उत्साहको रुपमा दीपावली मनाइएको छ । वीरगञ्ज महानगरपालिकाको मुख्य ठाउँ घडिअर्वा पोखरीको दक्षिण तर्फको रामजानकी मन्दिरमा आज रामजानकी मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । साथै रामायण सँग वर्णन गरिने बिभिन्न झाकि सहित नगर परिक्रमा गरिएको थियो । वीरगंजको माइस्थान मन्दिर, आदर्शनगर चोक, घडिअर्वा पोखरी, ठाउँमाहरु रंगीचंगी वत्तिलगाएर दीपावली मनाइएकाे छ ।
त्यस्तै वीरगंज महानगरपालिकाको ४ विर्ता मन्दिर, वडा नं ९ रानिघाटमा रामजानकी मन्दिर, वडा नंं १७ अलौंको श्री द्वारदेवी मन्दिर, वडा नं १९ को विन्दवासिनी मन्दिरमा कहि अस्टजाम को आयोजना गरेर हरे कृष्ण हरे राम गरिएको छ, भने कहि दीप प्रज्वलन गरी दीपावली मनाइएको छ ।
साथै पोखरिया नगरपालिका, कालिकामाइ गाउँपालिका,धोबिनी गाउँपालिका, बहुदरमाइ नगरपालिका, पर्सागढि नगरपालिका, छिपहरमाइ गाउँपालिका, विन्दवासिनी गाउँपालिका, पकहामैनपुर गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका,सखुवा प्रसौनी गाउँपालिका, जिराभवनी गाउँपालिका, ठोरि गाउँपालिकाको मन्दिरहरूमा कहि राम भगवानको प्राण प्रतिष्ठा गरिएको छ भने कहि घअस्टजाम, तथा आ-आफ्नो घरमा दीप प्रज्वलन गरी दीपावली मनाइएको छ ।
प्रतिक्रिया