बारा । मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा बाराको विभिन्न ठाउँमा रथ यात्रा र्याली र दिपावली गरिएको छ ।
जिल्लाको सदरमुकाम कलैया, महागढीमाइ नगरपालिकाको गढीमाइ मन्दिर, परवानीपुर गाउँपालिकाको परवानीपुर बजार आदर्श कोतवाल गाउँपालिकाको चिउटहा बजार, सुवर्ण गाउँपालिकाको कवही बजारलगायतको ठाउँमा रथ यात्रा, र्याली र विविध कार्यक्रमको आयोजना गरिएको हो ।
महागढीमाई नगरपालिकाअन्तर्गत रहेको र्याली सम्पन्न पच्छात एक लाख ५१ हजार दिपप्रज्वलन गरिने कार्यक्रम रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुशवहाले जानकारी दिए । त्यस्तै जिल्लाको विभिन्न ठाउँमा पनि आज बेलुका दिपप्रज्वलन हुने बारा कलैया निवासी हिन्दू स्वयमसेवक संघ बाराका प्रमुख निरज नेपालीले जानकारी गराए ।
प्रतिक्रिया