सिरहा । भारतको अयोध्यामा हिन्दु धर्मावलम्बीहरूको लागि बहुप्रतिष्ठित मर्यादा पुरूषोत्तम राम मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको अवसरमा सिरहाका पालिकाहरुमा आज सार्वजनिक बिदा दिएका छ्न् ।
जिल्लाका १७ पालिकाहरूमध्ये सदरमुकाममा रहेको सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका र नरहा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो पालिकाबासीलाई आ–आफ्नो घर, टोल, मठ, मन्दिरमा भजन कृतण तथा दीप प्रज्वलन गरि उत्सव मनाउन अनुरोध गरेका छन् ।
साथै पालिकाहरुले नगर तथा पालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीव जन्तु आदिको वध, माछा–मासु तथा मदिराको बिक्री वितरणलगायतका कार्यहरू नगरिदिनका लागि अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया