धरहरी ब्रहमबाबा राम जानकी मठमा हुने प्राण–प्रतिष्ठाको लागि कलश यात्रा सम्पन्न

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा हुन गइरहेको प्राण–प्रतिष्ठाको लागि कलश यात्रा निकालिएको छ । भारतको अयोध्यामा यही २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन हुने राम मन्दिर उदघाटन तथा प्राण–प्रतिष्ठाको अवसरमा पारेर वडा–९ धरहरी स्थित ब्रहमबाबा राम जानकी मठमा गरिने प्राण–प्रतिष्ठाको लागि कलश यात्रा निकालिएको हो ।

वडा अध्यक्ष वीरबहादुर साहको अध्यक्षतामा मन्दिरको प्राङ्गनबाट निस्किएको कलश यात्रामा प्रमुख अतिथि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहेका थिए । बिशिष्ट अतिथिको रुपमा उपप्रमुख परनिया देवी पटेल थिए ।

३५१ कुमारी कन्याद्धारा मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रामा बाजागाजा सहितको रथ, हात्ति, घोडा, उँट र स्थानीय पौराणीक सिंङ्गहा बाजा परिचालन गरिएको थियो । धरहरी गाउँ भएर पोठियाही हुदै शिवनगर पुगेका कलश यात्रामा करिब २ हजारको संख्यामा स्थानियह गाउँका श्रद्धालु महिला पुरुष तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कलश यात्रालाई सम्बोधन गर्दै नगर प्रमुख प्रेमलाल साहले भगवान रामको ससुराली पनि जनकपुर भएकाले हामी माता सीताको माइती पक्ष भएको कारण अयोध्यामा राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको दिन हामीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका थिए । त्यस्तै उपमेयर परनिया देवी पटेलले अहिले हिन्दुको आस्था भगवान श्री रामको अयोध्यामा हुन गईरहेको मन्दिर उदघाटनलाई लियर आफनो पालिका भित्र भईरहेको बिधिन्न धार्मिक कार्यक्रमले मन धेरै खुशी भएको बताइन् ।

सोही क्रममा वडा अध्यक्ष वीरबहादुर साहले राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागि मात्र नभइ संसारभर चासोको विषय बनेको बताए । अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशको गाउँगाउँमा विभिन्न प्रकारको यज्ञको तयारी शुरु भएको बताउदै माघ ८ गते वडा भित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायत कार्य नगर्न वडाबासीहरुसँग अनुरोध गरे ।

ब्रहमबाबा राम जानकी मठमा भगवान श्री राम सिता र लक्षमणको मुर्ती स्थापन गर्नको लागि भारतको अयोध्याबाट मगाईएको छ । त्यस्तै गाउँको बिच भागमा रहेको राम जानकी मठमा आईतबार दिउँसो २ बजे देखि राम नाम जप अष्ठयाम शुरु भएको वडाध्यक्ष साहले बताएका छन ।

उता भारतबाट मगाइएको तिनवटै मुर्तीको माघ ८ गते सोमबार बिहान सात बजेको समयमा गाउँ परिक्रमा गराउने र दिउँसो १ बजको समयमा प्राण–प्रतिष्ठा गरिने र माघ ९ गते भण्डारा, माघ १० गते साधु सन्तहरुलाई बिदाई गरिने वडा अध्यक्ष वीरबहादुर साहले जानकारी दिए ।

अचार्य श्री हेमचन्द्र तिवारीको मुखार बिन्दुबाट हुने प्राण–प्रतिष्ठामा मुख्य पुजारीको रुपमा उपेन्द्र साह कानु डण्डातोर भई पुजापाठ गरिने ब्रहमबाबा रामजानकी मठ पुजा समितिले जनाएको छ । ब्रहमबाबा मन्दिरमा स्थापना गर्न लागिएको राम सीता र लक्ष्मणको मूर्तिको सम्पुर्ण खर्च स्थानीय समाजसेवी गोखुल साह भनिने रामचन्द्र साहले बेहोरेको समितीले जनाएको छ ।

यसै बिच प्राणः प्रतिष्ठामा भईरहेको खर्च स्थानीयहरुसँग संकलन गरिएको चन्दाबाट भइरहेको समितीले बताए । प्राण–प्रतिष्ठाको लागि नगरप्रमुख प्रेमलाल साह रु ७१ हजार, वडाध्यक्ष वीरबहादुर साह रु ३१ हजार ५ सय ५१, सञ्जय प्रसाद रु ३५ हजार, एकीकृत समाजवादीका वडा प्रत्यासी सुमित गुप्ता रु ३० हजार, युवा नेता तथा समाजसेवी राम विनोध साह रु २१ हजार आर्थिक सहयोग गरेको थियो भने अन्यहरुसँग क्रमस ११ हजार ५ हजार, पचिश्य, एक हजारको दरले चन्दा संकलन गरिएको थियो । समितीले चन्दा संकलन कार्य जारीनै रहेकाले ईक्छुक ब्यक्तीहरुले दाल चामल आलु प्याज र नगद पैसा दान गरी सहयोग गरिदन सबै संग आग्रह गरे ।

प्रतिक्रिया