मधेस एथलेटिक्स संघको अध्यक्षमा पुष्पा

जनकपुर । पुष्पा यादवको नेतृत्वमा मधेस प्रदेश एथलेटिक्स संघ गठन भएको छ । जनकपुरधाममा शनिबार राराब क्याम्पसका शिक्षक इन्द्रकुमार यादवको अध्यक्षता तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय भेलाबाट एथलेटिक्स संघ गठन भएको हो । संघको उपाध्यक्षमा विनोदकुमार कामती, सचिवमा दिलीपकुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अंशु सिंह, सकुन्तला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल नीलम यादव, गौतम रहेको छ । त्यसैगरी सल्लाहकारमा इन्द्रकुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साह चयन भएका हुन् ।

राराब क्याम्पसका शिक्षक इन्द्रकुमार यादवको अध्यक्षतामा तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मत रूपमा एथलेटिक्स संघ गठन भएको हो ।

प्रतिक्रिया