रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको कामकाज द्रुत गतिमा बढ्ने प्रमुख प्रशासकीय अधिकृत रन्जय कुमार पटेलले बताएका छन् । कार्यालय प्रमुखको रूपमा हाजिर हुँदै उनले यस्तो बताएका हुन् ।
पदभार ग्रहण गर्दै कार्यालय प्रमुख पटेलले अबको दुई–तीन दिनमै एकल महिला, ज्येष्ठ नागरिक, बालबालिकाहरूको भत्ता वितरण गरिने बताए । पालिकामा कार्यालय प्रमुखकै विषयलाई लिएर गत आर्थिक वर्षदेखि रोकिएको समाजिक सुरक्षाभत्तालाई पहिलो प्राथमिकता दिने पटेलले बताए ।
वृन्दावनमा प्रमुख प्रशासकीय अधिकृतकै विषयमा मेयर, उपमेयर र केही जनप्रतिनिधिबीच विवाद हुँदै आएको थियो । गत असोजमा सामान्य प्रशासन मन्त्रालयबाट कार्यालय प्रमुखको रूपमा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई खटाएको थियो । तर, मेयर र उपमेयरबीच तालमेल नमिल्दा प्रधान हाजिर हुन सकेका थिएनन् ।
प्रतिक्रिया