सहारा मल्टिपर्पसको कटहरियामा सेवा केन्द्र विस्तार

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा सहारा मल्टिपर्पस को–ओपरेटिभ सोसाइटी लिमिटेडको सेवा केन्द्र विस्तार भएको छ । सो नगरपालिकाको–५ स्थित कटहरिया बजारमा केन्द्रको उद्घाटन गरिएको हो । सहारा मल्टिपर्पसले शाखा सञ्जालविस्तार गर्ने क्रममा कटहरिया बजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

बुधबार कटहरिया आसपासको व्यवसायी र स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले सहाराले १२औँ सेवा केन्द्र विस्तार गरेको जनाएको छ । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको सहारा मल्टिपर्पसले आगामी दिनमा कटहरिया आसपासका सेवाग्राहीलाई अझै सरल, सुलभ तथा उत्कृष्ट सेवा दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया