लालबन्दी । सर्लाहीको हरिवनमा आउँदो माघमा कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ । हरिवन नगरपालिकाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सो सम्बन्धि जानकारी गराएको हो ।
‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ आउँदो माघ ५ गतेदेखि ७ गतेसम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गर्न लागिएको हरिवन नगरपालिकाले जनाएको छ ।
हरिवनको सुर्ती बिकास खेल मैदानमा हुने दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको कृषि तथा पशु पंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन वडा नम्बर ८ वडाध्यक्ष तथा कृषि प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा कृषि उत्पादनसँग सम्बन्धित औजार तथा डेरी उत्पादन लगायतको प्रदर्शनी हुने छ ।
प्रदर्शनीमा फलफुल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पनि पुरस्कृत गरिने आयोजकले जानकरी दिएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका लागि सहआयोजकबाट करिव २० लाख रुपैँया प्राप्त हुने छ भने करिव २५ लाख खर्च हुने अनुमान छ । हरिवन नगरपालिकाले प्रदेश दुग्ध बिकाश बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगंज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्बेटास, ईन्दुशंकर चिनि उद्योग र हेफर नेपालसँगको सहकार्यमा प्रदर्शनी गर्न लागेको हो ।
सर्लाही
प्रतिक्रिया