सिराहा । सप्तरी प्रहरीले १० क्वीन्टल भन्दाबढी गाजासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनकुटाको सहिदभुमि नगरपालिका-४ का बिशेष राई रहेका छ्न् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले शुक्रबार साँझ पूर्व-पश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका-७ कल्याणपुर चाेकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको हाे ।
धनकुटाको सहिदभुमि नगरपालिका-४ का बिशेष राईले चलाएर ल्याएको को १ ख ५८३१ नम्बरको टिपरमा लोड रहेको बालुवाभित्र २८ वटा बोरामा पोका पारी राखिएको एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चालक राईको साथबाट एक लाख रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया