जनकपुरदेखि भार बोकेर गएका भक्तजनलाई रक्सौलमा एसएसबीको स्वागत

वीरगञ्ज । सीतामाताको जानकी मन्दिर जनकपुरदेखि भार बोकेर वीरगञ्ज हुँदै अयोध्या जान लागेको भक्तजनको टोलीलाई नेपाल–भारत सीमावर्ती वीरगञ्ज रक्सौल मैत्रीपुलमा ४७औँ कम्प्यूटर एसएसबी रक्सौलका अधिकृत तथा जवानहरूले स्वागत गरेका छन् । एसएसबी रक्सौलका अधिकृत तथा जवानहरूले फूलको माला र मिठाईले स्वागत गरेका हुन् ।

मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्रीय प्रधान कार्यालय बेतिया कार्यालय ४७औँ कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले आफ्नो जीवनकालमा यी सबै देख्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

४७औं बिएन एसएसबीका सहायक सेना प्रमुख मदनमोहन भट्टले श्रीरामलाई सारा संसारले आराधना गरेको बताए । भार बोकेर गएका भक्तजनहरूलाई स्वागत गर्न पाउँदा गर्व लागेको त्यहाँका सुरक्षाकर्मीहरुले बताएका थिए ।

प्रतिक्रिया