बारा । चोरी र शिक्षा मुद्दाका फरार दुई जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट चोरी मुद्दामा ५ महिना ४ दिनको सजाय पाएका प्रतिवादी जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -२० बस्ने मुनिलाल प्रसाद यादव र शिक्षा मुद्दामा ७ हजार जरिवाना तिर्न बाँकी रहेका महागढिमाई नगरपालिका-६ का शोनालालप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका दुवै जना अभियुक्तलाई बारा प्रहरीले जिल्ला अदालत बारामा बुझाएको छ । फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई बारा प्रहरीले अहिले निरन्तरता दिएको छ । फरार अभियुक्तलाई पक्राउ गरेन अभियानलाई निरन्तरता दिए पछि अहिले फरार रहेका प्रतिवादीहरु पक्राउ पर्न सुरु भएको छ ।
प्रतिक्रिया