पथलैयामा अस्थायी पटके बाटो इजाजत शाखा उद्घाटन भएपछि…

बारा । बारा जिल्लाको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गरिएको छ । सोमबार मधेस प्रदेश सरकारको श्रम रोजगार तथा यातयातमन्त्री चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन रेका हुन् ।

मंसिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयामा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरिएको थियो । पहिलेदेखि पटके सवारीको अनुमति लिनको लागि वीरगञ्ज र हेटौँडा जानुपर्ने समस्याको समाधानको लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको छ ।

पटके इजाजत शाखाबाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४औँ घण्टा सेवा प्रदान गरिने यातायात व्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए । पथलैयामा पटके इजाजत शाखाको उद्घाटन भएपछि पथलैयाबासीमा खुशी छाएको छ । पटके सवारी इजाजत शाखा उद्घाटन भएपछि अबदेखि पटके सवारीको अनुमति लिनको लागि वीरगञ्ज र हेटौँडा जानुपर्ने बाध्यता हटेको स्थानीय पेशल मुलमीले बताए ।

अस्थायी पटके बाटो इजाजतपत्र उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले पथलैया अस्थायी पटके बाटो इजाजत शाखाको उद्घाटन हुनु सुखद रहेको तर मधेस प्रदेश सरकारले लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता सेवा पथलैयाबाट प्रदान गर्ने व्यवस्था मिलाइदीन मन्त्री सिंहसँग आग्रह गरे । उक्त कार्यक्रममा सहभागी वक्ताहरुले पथलैयाबाट नै सवारी नवीकरण र सवारी लाइसेन्स नवीकरण जस्ता सेवाहरु प्रदान गरिने माग गरेका थिए ।

उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख, जनमत पार्टीका पर्सा इन्चार्ज ओमप्रकाश सराफ, भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्ल मुल्मी, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्लेलगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया