भन्सार छली ल्याउँदै गरेको सामानसहित एक पक्राउ

गौर । भन्सार छलीको सामानसहित एक जनालाई रौतहटमा पक्राउ गरिएको छ । पक्राउपर्नेमा गौर नगरपालिका–३ बस्ने महिन्द्र चौधरीको छोरा ४० वर्षीय हरिन्द्र चौधरी रहेका छन् ।

आइतबार अन्दाजी १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजपुर नगरपालिका–१ स्थित भातरबाट अवैध रूपमा भन्सार छली चोरी पैठारीगरी ल्याइरहेको अवस्थामा सो समानसहित चौधरीलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा चौधरीले अवैध रूपमा भारतबाट भन्सार छली समान नेपालतर्फ ल्याएको पाइएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जाएको छ । बरामत भएको सामान करिब १ लाख ९ सय ४० रुपैयाँ बराबरको किराना, लत्ताकपडा र प्याज रहेको छ ।

सो सामानसहित चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस्तै रौतहट प्रहरीले कटहरिया नगरपालिका–४ बाट पनि भन्सार छलीको सामान पक्राउ गरेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया