वीरगञ्ज । प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासालय वीरगञ्ज पर्साले ५ वर्ष मुनिका का बालबालिकाहरुका लागि स्वर्ण विन्दु कार्यक्रमको आयोजना गरेको छ । आर्थिक वर्ष २०८०–८१ को मध्यनजर गर्दै प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयको प्रांगणमा (शुक्रबार) आजबाट सञ्चालन भएको सो कार्यक्रम हरेक महिना सञ्चालन हुनेछ ।
स्वर्ण विन्दु कार्यक्रमले बालबालिकाहरुलाई रोगसँग लड्ने इम्युनिटी पावर बढाउने काम गर्ने प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय पर्सा कार्यलय प्रमुख डा शिवनारायण गुप्ताले बताए । यसले बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा एकदम सहयोग गरेको बताए ।
बालबालिकाहरुको दिमागको विकास १ वर्ष देखि ५ वर्षको बिचमा सबभन्दा बढी हुने गरेको र स्वर्ण विन्दुले मानसिक विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । स्वर्ण विन्दुले बालबालिकाहरुलाई निमोनिया, झाडापखाला तौल नबढ्ने जस्ता समस्याहरुबाट बच्न सहयोग गर्नेछ । त्यस्तै डा गुप्ताले भने स्वस्थ्य बालबालिकाहरु देशको कर्णधार भएको र अहिले बबालबालिकाहरु स्वस्थ रहे भने भोलि गएर देश पनि स्वस्थ हुने बताए ।
मधेस प्रदेशमा नै यो कार्यक्रमको सुरुवात पहिलो चोटी भएको वरिष्ठ निरीक्षक तथा सूचना अधिकारी नागेन्द्रप्रसाद पटेलले बताए । अहिले धेरै जसो बालबालिकाहरुमा कुपोषणको रोग देखापरेकाले यस्ता कार्यक्रमको आयोजनाले बालबालिकाहरुलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्ने बताए ।
यस्ता आयुर्वेदिक चिकित्सक कार्यक्रम दक्षिण भारतमा मात्र आयोजना हुने गरेकाले वीरगञ्जबाट आयोजना हुनु गर्वको कुरा रहेको उनले बताए ।आज भएको सो कार्यक्रममा ५०० को हाराहारीमा बालबालिकाहरुलाई स्वर्ण विन्दु खुवाइएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद प्रमोद जैसवाल, विशिष्ट अतिथि वीरगञ्ज– १५ का वडाध्यक्ष रमेश यादव, काठमाडौंका आयुर्वेद विज्ञ प्रभाकर मल्ल, डा नवीनकुमार रौनियार ,डा पूजा गुप्तालगायतको उपस्तिथि रहेको थियो।
प्रतिक्रिया