पर्सा । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
पर्सा
प्रतिक्रिया